विशेष

मादक पदार्थ सेवन गरेर विमान उडाउन खोजे पछि….

अमेरिकी वायुसेवा कम्पनी युनाइटिड एअरलाइन्सका दुई विमानचालक मादक पदार्थ सेवन परीक्षणमा उत्तीर्ण हुन नसकेपछि पक्राउ परेका छन्। स्कटल्यान्डको ग्लास्गोबाट अमेरिकाको न्यूजर्जी उडान गर्ने तयारी भइरहेको अवस्थामा उनीहरूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। पैँतालीस र ६१ वर्षीय विमानचालकहरूलाई कुनै पनि अभियोग भने लगाइएको छैन। यो कुरा ४ अगस्टको हो । अमेरिकामा पनि यस्तो हुन्छ भनेर हामीले पुन प्रस्तुत गरेका हौ । स्कटल्यान्ड प्रहरीले आफूहरूलाई विमानस्थल बोलाइएको पुष्टि गरेको छ। यूए १६२ ले उडान गर्नुअघि त्यसका चालकहरू पक्राउ...

झिँगा र लामखुट्टेहरु पनि हिमाल चढ्दै…

लोमान्थाङ (मुस्ताङ) - तीन हजार आठ सय मिटरको उचाइमा रहेको लोमान्थाङमा झिँगाको बिगबिगी बढेको छ। सुन्दै अचम्म लाग्ने, उचाइ र चिसो हुने ठाउँमा समेत...

सार्वजनिक भोजमा विभेद: दुर्व्यवहार पछि वहिष्कार

सिरहा । सिरहा नगरपालिका–११ भलुवाहीमा मुनिया कामतीको घरमा गत बुधबार भोज थियो। उनले गाउँका सबैलाई निम्तो गरे। निम्तो पाएर भोजमा दलित समुदायका विरेन्द्रकुमार महरा(चमार)...

डेंगीको घरेलु उपचार यसरी गरौंः- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

- ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने। - शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ। - प्रशस्त पानी, जीवनजल, फलफूल, फ्रेस जुस खाने। - मेवा,...

ताजा समाचार

समाजवादी पार्टीको संविधान दिवस: दिपावली पनि नगर्ने ‘कालो दिन’ पनि नभन्ने

काठमाडौं । सत्तारूढ दल समाजवादी पार्टी नेपालले संविधान दिवसको दिन कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै पार्टीले शुक्रबार असोज ३ गते संविधान दिवसका दिन दिपावली र विरोध दुवै नगर्ने जनाएको हो। ’संविधान त्रुटीपूर्ण र अपूर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गते खुसीयालीको रूपमा दिपावली वा विरोधका...

राजनीति

समाजवादी पार्टीको संविधान दिवस: दिपावली पनि नगर्ने ‘कालो दिन’ पनि नभन्ने

काठमाडौं । सत्तारूढ दल समाजवादी पार्टी नेपालले संविधान दिवसको दिन कुनैपनि कार्यक्रममा सहभागी नहुने जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै...

कांग्रेसको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठकमा बाँकेको खजुरामा गत बिहीबार भएको...

संसद बैठकमा फेरि कांग्रेसको अवरोध, सांसदहरु रोष्टममा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको छ। बाँकेको खजुरामा भदौ २६ गते...

कम्युनिष्टलाई भोट दिएका जनता अहिले पछुताइरहेका छन्ः डा. महत

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले अघिल्लो चुनावमा कम्युनिष्टहरुलाई भोट दिएका जनता अहिले आएर पछुताइरहेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा....

कास्कीको उपनिर्वाचन हामी जित्छौः संयोजक मिश्र

काठमाण्डौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कास्कीको उपनिर्वाचन साझा पार्टीले जित्ने दावी गरेका छन्। साझा पार्टी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक मिश्रले आफ्नो...

समाज

रुपन्देही गोलीकाण्डः सिसिटिभी फुटेजमा कैद भए ‘सुटर’

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को तस्बिर सिसिटिभी फुटेजमा कैद भएको छ। घटनापछि...

विचार

अर्थ

सुनको मूल्य निरन्तर घट्दै

काठमाडौँ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र...

चौतर्फी आलोचनपछि सरकारले घटायो ‘दोब्बर’ नविकरण कर

काठमाडौं–प्रदेश ३ को सरकारले सवारी साधन नवीकरण गर्दा लाग्ने जरिवाना रकम दोब्बर बढाएको भन्दै तीव्र आलोचना भएपछि अन्ततः घटेको छ । प्रदेश तीन सरकारले...

नेपालगंजमा आधुनिक बसपार्क तयार, घटस्थापना अगावै संचालनमा आउने

नेपालगञ्ज। नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका...

कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर

काठमाडौं।बैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ। आर्थिक अभियानले लेखे अनुसार नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार...

प्रवास

मलेसियामा २ नेपाली पक्राउ

काठमाडौं । मलेसियामा दुई नेपाली पक्राउ परेका छन्। ७ वटा कृषि फार्ममा गरिएको खोजतलाशका क्रममा अन्य ३७ सहित दुई नेपाली पनि पक्राउ परेको हुन्। प्रहरीका...

प्रवासमा रहेका नेपालीलाई नेकपाले गोप्य रुपमा सदस्यता दिने

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता दिने निर्णय गरेको छ। पार्टी विधानको धारा ५० अनुसार निमार्ण हुन लागेको प्रवास कमिटीका...

तलब नपाएको भन्दै नेपाली गार्डद्वारा सुपरभाइजरको हत्या

काठमाडौं । मलायाको एउटा अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको भन्दै सुपरभाइजरको हत्या गरेका छन्। सोमबार दिउँसो भएको घटनामा ५४ वर्षीय ली...

खेलकुद

नेपाली महिला टिम एसियन टेबलटेनिसको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली इन्डोनेसियाको योकर्ता शहरमा जारी २४ औं एसियन टेबलटेनिस च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यकाअनुुसार नविता श्रेष्ठ,...

क्यानको निर्वाचन असोज १० र ११ गतेलाई हुने

काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको छ। सोमबार अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय...

खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँः खेलकूदमन्त्री

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन्। खेलकूद पत्रकार मञ्च गण्डकीले...

कला - मनोरञ्जन

हेर्नुहोस् दयाहाङ र उपासनाको ‘माया पिरती’

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा दयाहाङ...

मिस गुरुङ इन्टरनेशनलको उपाधि बिनु गुरुङलाई

काठमाडौं । मिस गुरुङ इन्टरनेशनल सिजन–३ को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छन्। देशभरवाट छानिएका १५ प्रतिस्पर्धीलाई पछि पार्दै बिनुले...

खुल्यो चलचित्र अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’

काठमाडौं । नेपालमा चलचित्र अध्ययनका लागि नयाँ क्याम्पस खुलेको छ। चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि त्रिभुवन विश्व विधालयसँग सम्बन्धन...

प्रदेश

सबै प्रदेश

प्रदेश एकमा सीसीटीभी क्यामेरा जडान

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर र आसपासका क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ। यस क्षेत्रको निगरानीका लागि भन्दै सोमबारदेखि ५८ वटा स्थानमा क्यामेरा जडान गरिएको हो। प्रदेश सरकारको लगानीमा भारतीय सीमावर्ती विराटनगरदेखि उत्तर राजमार्गमा पर्ने पथरी र उर्लाबारी क्षेत्रमा मुख्यमन्त्री शेरधन राईले सीसीटीभीको उद्घाटन गरे। विराटनगर महानगर क्षेत्रमा ३२ ठाउँमा जडान गरिएका क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरीमा र राजमार्गमा जडित क्यामेरालाई इलाका प्रहरी पथरी र उर्लाबारीले निगरानी गर्नेछ। मुख्यमन्त्री राईले क्यामेरा सुचारु गरेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे। प्रविधियुक्त सुरक्षा नभए विकास सम्भव नभएको बताउँदै राईले सुरक्षा मजबुत बनाउन प्रदेश सरकारले कुनै कसुर नछाड्ने जानकारी दिए। कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई प्रविधियुक्त र अन्तर्रा्ष्ट्रिय स्तरको बनाउने बताए। उनले संघ, प्रदेश र स्थानीय सरकारको सहयोग बिना प्रहरीबाट मात्रै सुरक्षा र अनुसन्धान सम्भव नभएको बताउँदै बजेट अभावमा प्रहरीले डिजेल र टायर बापत रकम माग्नु पर्ने अवस्था कम हुँदै गएको जानकारी दिए। विराटनगर महानगरका मेयर भिम पराजुलीले नगरभित्रको सुरक्षाका लागि यस वर्ष रु २० लाख र सीसीटीभीका लागि रु १० लाख बजेट छुट्याइएको बताए।

राजतन्त्र कुनै हालतमा पनि फर्किदैन: सभापति देउवा

दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन्। नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ठूलो संघर्षबाट फालिएको राजन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए। “कुनै पनि हालतमा राजतन्त्र फर्किदैन्”, उनले भने, “यो हल्ला मात्रै हो।” एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाउँदै सभापति देउवाले भने, “एनसेलको मैले नाम पनि सुनेको छैन् । वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ।” अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताए। “दाङमा राम्रा भवन छैनन्”, उनले भने, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस्।” बाँकेका काङ्ग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारवाही गर्न पनि उनले सरकारसँग माग गरे। “बाँकेमा गम्भीर खालको घटना भएको हो”, उनले भने, “यो घटनाका दोषी जो कोहीलाई पनि कारवाही गर्नुपर्छ।”

समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक छः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश समृद्ध हुन नसक्ने बताएका छन्। नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार विराटनगरमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले देश निर्माणको पहिलो सर्त शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले शान्तिसुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न सरकारले लिएको सङ्कल्प पूरा हुने विचार व्यक्त गरे। शनिबारदेखि चलेको बैठकको समीक्षा गर्दा प्रदेश १ मा शान्तिसुरक्षाको स्थिति सन्तोषजक रहेको पाइएको बताउँदै मुख्यमन्त्री राईले शान्तिसुरक्षाको चुनौतीलाई सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकार समाजवादको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको र यसैको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिनेमा जोड दिए। बैठकमा गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रदेश १...

विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनु हुदैनः मन्त्री घिमिरे

काठमाडौं । प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी देश विकासको कार्यमा लगाउनुपर्ने बताएका छन्। आइतबार इटहरी उपमहानगरपालिका–२० तरहरास्थित राष्ट्रिय जनसहयोग क्याम्पसको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश नं १ मा ९१ सामुदायिक क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालय एवं तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता शैक्षिक संस्थालाई कसरी व्यवस्थापन गरेर लैजानेजस्ता विषयमा प्रदेश सरकारको चुनौतीको विषय भएकाले विज्ञहरुसँग आवश्यक परामर्श भइरहेको बताएका हुन्। त्यसैगरी हरेक शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति कहाँ जान्छ, अबका दिनमा त्यसको रेकर्ड प्रदेश सरकारले राख्ने उनको भनाइ छ। प्रदेशसभा सदस्य सर्वध्वज साँवाले विद्यार्थीलाई आफूहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न काम गरिरहेको बताए। सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले क्याम्पसको साधारणसभा सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

पोखरेली कांग्रेस नेत्री केसी साझा पार्टीमा

काठमाडौं।नेपाली कांग्रेसमा आवद्ध रहेकी नेत्री रजनी केसी साझा पार्टी प्रवेश गरेकी छिन्। पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझामा प्रवेश गरेकी हुन्। पोखरा विश्वविद्यालयमा उप–प्रशासकसमेत रहेकी केसी २० वर्षे सेवावधिपछि उक्त पदबाट राजीनामा दिँदै साझामा पार्टी प्रवेश गरेकी हुन्। उनको राजीनामालाई विश्वविद्यालयले १ कात्तिकबाट लागू हुने गरी स्वीकृत गरिसकेको छ। पार्टी प्रवेशपछि उनले कांग्रेसमा लाग्दा पनि कुनै परिवर्तन र सुधारको संकेत नपाएरै बिना मोलमोलाई साझामा प्रवेश गरेको बताइन्। यस्तै उनले आफूलाई साझाको नीति र कार्यक्रम मन परेकोले पनि साझामा प्रवेश गर्न बाध्य भएको बताइन्। कतिपयले उनलाई उप निर्वाचनमा साझा पार्टीको तर्फबाट कास्कीको प्रस्तावित उमेदवारका रुपमा समेत हेरेका छन् । यद्यपि शनिबारको कार्यक्रममा भने साझाले केसीलाई उम्मेदवार घोषणा गरेन। तर, पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले कास्कीमा स्थानीयलाईनै उम्मेदवार बनाउने भने बताए। नेविसंघ हुँदै नेपाल महिला संघ र कांग्रेसमा सक्रिय नेत्री केसी विसं २०५० को मध्यतिर पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा सदस्य उम्मेदवार थिइन्। उक्त चुनावमा भने उनी पराजित भएकी थिइन्। हक्की र जोशिलो स्वभावकी केसी विद्यार्थी राजनीति गर्दादेखि नै चर्चित थिइन्।...

कर्णालीको विकासमा सरकार संवेदनशील छः मन्त्री भण्डारी

सुर्खेत। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताएका छन्। कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा मन्त्री भण्डारीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाए। प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेको जानकारी दिदैँ मन्त्री भण्डारीले सरकारले अघिल्लो आर्थिक वर्षमा कर्णालीका बाढीपीडितहरूको व्यवस्थापन गर्नुका साथै जोखिममा परेका महिला तथा पुरुषहरूलाई हेलिकप्टरबाट उद्धार र  राहत वितरण गरेको जानकारी दिए। कर्णाली राजमार्गको दुर्दशाका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै भण्डारीले कर्णाली राजमार्गमा धेरै पुल अझै नबनेको र पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गरिने बताए। मन्त्री भण्डारीले प्रदेश प्रहरी गठन भएपछि कर्णालीको मुख्य समस्याका रूपमा देखिएको मदिरा नियन्त्रणका लागि विशेषखालको योजना कार्यान्वयनमा ल्याउने बताए।

कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गर्दै साझा पार्टी

पोखरा। साझा पार्टीले कास्की जिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजना गरिएको साझा पार्टी गण्डकीले जनाएको छ । जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीयस्तरका नेताहरु पोखरा आउने भएका छन् । पार्टीको केन्द्रीय सदस्यको रुपमा भर्खरै मात्र आबद्ध भएकी मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल पनि यो कार्यक्रममा विशेष वक्ताको रुपमा आउँदैछिन् । यस्तो खालको औपचारिक कार्यक्रममा मिस नेपाल अर्थ सिग्देललाई पार्टीले पहिलोपटक पोखरामा सहभागी गराउँदैछ । ‘संगठन विस्तार अभियान अन्तरगत हामी अहिले जिल्लास्तरिय संयोजक घोषणा अभियानमा छौँ । र, यही बीचमा पोखरामा महानगर संयोजक पनि घोषणा गर्दैछौँ । नजिकिरहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पनि जिल्ला र महानगर संयोजक घोषणाले अर्थ राख्छ ।’ साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले भने । गण्डकी प्रदेश अन्तरगत साझा पार्टीले हालसम्म नवलपुर जिल्ला संयोजक घोषणा गरिसकेको छ । त्यस्तै सोही जिल्लाको देवचुली नगरपालिकाको संयोजक पनि घोषणा गरिसकेको छ । कास्कीको...

बलात्कार आरोपमा इन्जिनियर चन्द पक्राउ

बैतडी। बलात्कार आरोपमा प्रहरीले बैतडीमा इन्जिनियरलाई पक्राउ गरेको छ। मेलौली नगरपालिकाका २७ वर्षे इन्जिनियर रोशन चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार स्थानीय १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी आरोपमा इन्जिनियर चन्दलाई पक्राउ गरिएको हो। किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए। किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुँदा अनुसन्धानका लागि उनलाई डडेल्धुरा पठाउने तयारी भएको प्रहरी निरिक्षक चन्दले बताए। सब–इन्जिनियर पढ्दै गरेकी ती किशोरी मेलौली नगरपालिकामा प्रशिक्षार्थी भएर गएकी थिइन्।

साभार

न्यायको अविश्रान्त संघर्ष: अन्तिम लडाइँ लड्दै गंगामाया

काठमाडौं - छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीहरूलाई कारबाही गर्न माग्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अब अन्तिम लडाइँ लड्की छिन्। तत्कालीन विद्रोही...

टोखामा सेतो काग भेटियो : कालो काग कसरी सेतो हुन्छ ?

काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो। काग कालो हुन्छ भन्ने त सबैलाई थाहा हुन्छ। तर सेतो काग भेटिएपछि यसको चर्चा सुरु भएको छ। चराविद्...

सुशासन नारामै सिमित: विशिष्टहरुले यसरी गर्छन राज्य सुविधाको दुरुपयोग

काठमाडौं - शक्तिको आडमा विशिष्ट व्यक्तिले सुरक्षा कार्यविधि लत्याउँदै सुरक्षाकर्मीको प्रयोग गर्दै आएका छन्। पूर्वप्रधानमन्त्रीदेखि गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री तथा पूर्व सांसदले समेत सुरक्षाकर्मीको दुरुपयोग...

आत्महत्या दुरुत्साहन : कानुनै अपूर्ण, आ-आफ्नै व्याख्या

काठमाडौं -कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।  सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन...

सामाजिक संजाल

रवि लामिछानेका वकिलले गरे मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध चर्चित सञ्चारकर्मी रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ...

रविकी पूर्वपत्नी इशा समुन्द्री किनारामा प्रेमीसँग देखिइन्(फोटो/भिडियो)

काठमाडौं।एउटा नेपाली उखान छ, ‘जस्तो बाउ, उस्तै छोरा’ यही उखानलाई चरितार्थ गर्न पुगेकी छिन्, पत्रकार रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने। त्यसो त इशाको बारेमा धेरैले...

ट्वीटरका सिइओकै ट्वीटर अकाउन्ट ह्याक

काठमाडौं।सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् वर्तमान सिइओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ। उनको अकाउन्टबाट ह्याकर्सले आपत्तिजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको...

रचना

गणतन्त्र खतरामा? 

राजा जिउँदै थिए गणतन्त्र गर्भमा थिए १९ दिनको प्रसव पीडामा गणतन्त्र जन्मिए हाम्रा गणतन्त्र हाम्रो देश प्राणभन्दा प्यारा थिए आँखैमा नबिझाउने तारा थिए। नवजात गणतन्त्र आँगनमा च्याँ...

समसामयिक हाइकु

इलम गर पैत्रिक सम्पत्तिमा लाग्दैछ कर। गरेर वध जघन्य अपराध गिरायौ कद । मारेर धित फेरेर पहिरन सकियो रीत। सिकागो  

युवा

हरियो बन नेपाली मन नदि र नाला नागबेली चाला बिर र वीरताको गाथा गुन गुनाउँथे छिमेकी उ बेला खै  कसको नजर लाग्यो आउ युवा...

स्वास्थ्य - शिक्षा

डेंगुबारे सन्त्रास होइन, सचेत हुन विज्ञको सुझाव

काठमाडौं।डेंगु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन्। हरेक मानिसको घरमा डेंगुको लार्भा हुर्कन सक्ने...

अन्तर्राष्ट्रिय

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा १२ को मृत्यु, ३० बेपत्ता

काठमाण्डौं। भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको...

पर्यटन

दोलखामा सुरेल सङ्ग्रहालय बन्दै: अनुसन्धानकर्ता र पर्यटक आकर्षित

चरिकोट। दोलखाको गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मात्र परापूर्वकालदेखि बसोबास गर्दौ आएको नेपालको सूचीकृत आदिवासी जनजातिमध्ये सीमान्तकृत जनजाति सुरेल जाति हो । नेपालका अन्य भूभागमा बसोबास...

मोटरबाटोले नछोएको सुन्दर मुदीगाउँ

म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पर्ने मुदी गाउँ । मगर समुदायको बसोबासमा बाहुल्य रहेको यस गाउँमा अझैसम्म पनि मोटरबाटो पुगेको छैन । यहाँका सबै...

साझा पार्टीका संयोजक ‘ओली जाम’मा परेपछि….

काठमाण्डौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भ्रमण वर्ष शुरु गर्नु अगावै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिभिआइपी उडान व्यवस्थापन बारे तालिम लिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।...

हनुमान ढोकादेखि स्वयम्भू मन्दिरसम्म पैदलमार्ग निर्माण हुँदै

काठमाडौं। पर्यटन वर्ष सन् २०२० लाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले हनुमान ढोका दरबार क्षेत्रदेखि स्वयम्भू मन्दिरसम्म पर्यटकका लागि पैदलमार्ग बनाउने भएको छ। चालू आवभित्र हनुमान...

यस्तो पनि समाचार

हाम्रो नेपालमा : ७८ रुपैयाँ सल्टाउन २३ हजार खर्च

धनकुटा — एक सरकारी कार्यालयको बैंक खातामा रहेको ७८ रुपैयाँ मिलाउन राज्यकोषको २३ हजार रुपैयाँ खर्च भएको छ । खातामा रहेको रकम शून्य गराउन कार्यालयले...

भालेविरुद्ध मुद्दा हाल्ने नै कारबाहीमा

काठमाडौं।एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने महिला उल्टो कारबाहीमा परेकी छिन्। फ्रान्सको वाज क्षेत्रको मारिनीले कम्पिन्यिय निवासी निकोला बुसेको...

टोखामा सेतो काग भेटियो : कालो काग कसरी सेतो हुन्छ ?

काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो। काग कालो हुन्छ भन्ने त सबैलाई थाहा हुन्छ। तर सेतो काग भेटिएपछि यसको चर्चा सुरु भएको छ। चराविद्...

श्रीमानले धेरै मायाँ गरेको भन्दै श्रीमतीले मागिन् ‘डिभोर्स’

काठमाडौं। ‘डिभोर्स’को कारण सोधियो भने अधिकांशले दिने उत्तर हो, झै–झगडा, एकअर्काबीचको घृणा तथा हिंसा,यस्तै यस्तै... तर, यूएईका एक महिलाले ‘चिनी पनि धेरै खायो भने तितो...
30,552FansLike
94FollowersFollow
11,921SubscribersSubscribe

भर्खरै

मादक पदार्थ सेवन गरेर विमान उडाउन खोजे पछि….

अमेरिकी वायुसेवा कम्पनी युनाइटिड एअरलाइन्सका दुई विमानचालक मादक पदार्थ सेवन परीक्षणमा...

हेर्नुहोस् दयाहाङ र उपासनाको ‘माया पिरती’

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’...

समाजवादी पार्टीको संविधान दिवस: दिपावली पनि नगर्ने ‘कालो दिन’ पनि नभन्ने

काठमाडौं । सत्तारूढ दल समाजवादी पार्टी नेपालले संविधान दिवसको दिन कुनैपनि...

नेपाली महिला टिम एसियन टेबलटेनिसको फाइनलमा

काठमाडौं । नेपाली महिला टोली इन्डोनेसियाको योकर्ता शहरमा जारी २४ औं...

रुपन्देही गोलीकाण्डः सिसिटिभी फुटेजमा कैद भए ‘सुटर’

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या...

कांग्रेसको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक...

प्रदेश एकमा सीसीटीभी क्यामेरा जडान

काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर र आसपासका क्षेत्रमा सीसीटीभी...

रुनासुङ्गे, पुसापु, घुँयाली : ‘भदोरै सिस्नो खोस्ने पर्व’को बेग्लै मज्जा

बागलुङ–‘रुनासुङ्गे, पुसापु, घुँयाली...’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो ।...