ओली सरकार काण्डैकाण्डमा मुछियो : महामन्त्री कोइराला



बुटवल ।

नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान एकपछि अर्को गर्दे काण्डैकाण्डमा मुछिएको बताएका छन् । दुईतिहाईको सरकारले राम्रो काम गर्नुको सट्टा एकपछि अर्को काण्डमा फस्नु जनताको लागि दुग्भार्यपूर्ण भएको बताए ।

उनले सरकारले गरेका बदमासी कामहरुको अन्त्य गर्ने अभियानमा कांग्रेस लागेको बताए । निर्मला हत्या काण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाईडबडी काण्ड लगायतका धेरै काण्डमा सरकार मुछिएकाले यसको पर्दाफास कांग्रेसले गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले सरकारले जनतालाई झुटो आश्वासन मात्र बाँडिरहेको आरोप लगाए । विगतका दिनहरुका नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेका कामहरु पनि आफूले गरेको भन्दै वर्तमान सरकारले अफवाह मात्र फैलाएको उनको दावी छ ।

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

नेपाली कांग्रेसले बुधबारदेखि ७७ वटै जिल्लामा एकैपटक ‘हिमाल–पहाड, तराई –मधेश नेपाली कांग्रेस’ भन्ने नाराका साथ सुरु गरेको राष्ट्रिय जागरण अभियानको क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै महामन्त्री कोइरालाले विगतमा भएका धेरै विकासका कामहरु आफ्नो पार्टीको नेतृत्वमा भएको दावी गरे ।

‘नेपाली सेनालाई सरकारले आफ्नो कब्जामा लिन खोजिरहेको छ । प्रधानमन्त्रीले सम्पूर्ण अधिकार आफ्नो हातमा लिन खोजेका छन्,’ उनले भने, ‘सञ्चारमाध्यम र न्यायपालिका स्वतन्त्र हुनुपर्ने र स्वतन्त्रतामाथि हस्तक्षेप हुनुहुन हुँदैन् ।’

डा. कोइरालाले एकताबद्ध भएर अगाडी बढे नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने दावी गरे । सबैभन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित हुने र त्यसको जिम्मेवारी सम्पूर्ण नेता कार्यकर्ताको काँधमा आएको उनको भनाइ थियो ।

अन्य सम्बन्धित समाचार:  जाजरकोटमा पाँच सय परिवार विस्थापित, नौ शव भेटिए