राजधानीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

Prabhu Bank

काठमडौं।
नेपाल प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ३५४८ नंको बस तथा बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ५७६ नंको बस जाँच गर्दा ब्राउन सुगरसहित आज काभ्रेका सुमन रेग्मी र रुपन्देहीका सन्दीप गिरीलाई पक्राउ गरेको हो ।

Saftey Pads

प्रहरीका अनुसार झोलामा लुकाई ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।

अन्य सम्बन्धित समाचार:  चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी
Maruti Cement