पेस्तोलसहित ४ जना पक्राउ

Prabhu Bank

Sagoon

तनहुँ।
तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोल सहित चार युवा आज पक्राउ परेका छन् ।

Saftey Pads

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजासमेत बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  काठमाडाैंमा ६२ सहित देशभर ३७८ कोरोना संक्रमित थपिए
Maruti Cement