रुसी र अमेरिकी विदेशमन्त्रीको भेटवार्ता हुने



एजेन्सी
मस्को(रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गरेका छन् । उनीहरूबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

रुसका उप–विदेशमन्त्री इगोर मोर्गुलोभले दिएको जानकारीअनुसार उनीहरूबीच यही मे १४ तारिखका दिन भेटवार्ता हुन लागेको हो । मस्को र वाशिङटनबीचको छलफलको मुख्य विषय भने उत्तर कोरिया नै रहेको मोर्गुलोभले पत्रकारहरूलाई जानकारी दिए ।

उत्तर कोरियाकै विषयमा केही दिन अगाडि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि टेलिफोन वार्ता भएको थियो । पुटिन र ट्रम्पको कुराकानीकै आधारमा दुई देशका विदेशमन्त्रीहरूको भेटवार्ता हुन लागेको अधिकारीहरूले बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

उत्तर कोरियासँग विश्व समुदायको सम्बन्ध सुधार हुन लागेको अपेक्षा गरिरहेका बेला उत्तर कोरियाप्रति असन्तुष्टी र आशङ्का जनाउँदै विश्वका दुई ठूला देशका शीर्ष नेताहरूबीच भइरहेका र हुन लागेका छलफललाई महत्वका साथ हेरिएको छ ।