यो बुद्ध मारेर छाती पिट्ने समय हो!



दिउसोको उज्यालो घाममा पनि
चसक्क देश दुख्छ
न न्याँय चल्छ
न सरकार चल्छ
चल्छ त केवल निर्णय
अरु कसैको सुन्दै नसुन्ने निर्णय।

शायद्
अब देश मर्छ
तर चिन्ता नगर यो उत्सवको समय हो
किनकी यो
सत्य हारेर असत्य जित्ने समय हो
इमान मारेर उत्सब गर्ने समय हो
ज्ञान मारेर छाती पिट्ने समय हो।

अन्याँयको घनघोर जंगलमा
जता हेर्यो न्याँय दुख्छ
न सुन्छ
न सुन्न चाहन्छ
सुन्छ त केवल शक्ति
पैसा,घमण्ड अनि संख्याको शक्ति।

शायद् अब न्याँय मर्छ
तर चिन्ता नगर यो उत्सवको समय हो
किनकी यो
न्याँय हारेर अन्याँय जित्ने समय हो
बुद्ध मारेर छाती पिट्ने समय हो।

हप्तौँ सम्म संसारमा
लाखौँ लाख कलम चल्छ
न सरकारको विपक्षमा चल्छ
न पैसाको पक्षमा चल्छ
चल्छ त केवल कलम
लाखौँ जनताको रक्तिम मसीवाला कलम।

शायद् अब कलम मर्छ
तर चिन्ता नगर यो उत्सवको समय हो
किनकी यो
कलम हारेर पैसा जित्ने समय हो
शिक्षा मारेर छाती पिट्ने समय हो।

करोडौँको भिडमा
एउटा डाक्टर अनसन बस्छ
न मर्छ
न हार्छ
बाँच्छ त केवल सबैका लागि।

शायद्
अब त्यो डाक्टर मर्छ
तर चिन्ता नगर यो उत्सवको समय हो
किनकी यो
जनता हारेर सरकार जित्ने समय हो
जनता मारेर छाती पिट्ने समय हो
बुद्द मारेर छाती पिट्ने समय हो।