मिडिया काउन्सिल विद्येयक विरुद्ध आन्दोलनको घोषणा

Prabhu Bank

Sagoon

काठमाडौं।
सरकारले ल्याएको नियन्त्रणमुखी मिडिया काउन्सिल विद्येयक विरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको महासंघको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको हो । राजधानीमा उपलव्ध महासंघका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले सरकारले ल्याएको सो विद्येयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाएको ठहर गरेको छ ।

Saftey Pads

मन्त्रिपरिषदबाट पारित भई संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी उक्त विद्येयक कसैसँग छलफल नै नगरी ल्याइएको अरोप लगाउँदै महासंघ बैठकले त्यसले संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्रा्ष्ट्रिय मूल्य र मान्यतलाई कुल्चेको निश्कर्ष निकालेको छ । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्रा्ष्ट्रिय मूल्य र मान्यताका आधारमा पुनः अर्को विद्येयक मस्यौंदा ल्याउन समेत सरकारसँग माग गरेको छ ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’

महासंघ बैठकले सो विद्येयकका विरुद्ध विरोधका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । विरोधका कार्यक्रम तालिका अनुसार २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल हुने ।
– बैशाख ३० गते प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने ।
–३१ बैशाखमा संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने ।
– १ जेठमा कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने र महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने
– ३ जेठमा काठमाडौँमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहद प्रदर्शन गर्ने कार्यक्रम गरिने ।

Maruti Cement