आमिर खानकी छोरीको आज २१ औं जन्मदिन

एजेन्सी
बलिउड नायक आमिर खानकी छोरी इरा खान आफ्ना केही तस्बिरका कारण अचानक चर्चामा आएकी थिइन् । इन्स्टाग्राममा उनले मिशाल कृपलानी नामका एक युवकसँगको तस्बिर सेयर गरेकी थिइन् । यी युवक इराका प्रेमी हुनसक्ने आँकलन गरिएको छ । तर यसपटक कथित प्रेमीका कारण नभई बुवाका अर्थात् आमिर खानका कारण उनी चर्चामा आएकी छिन् ।

आमिर खानले बिहिबार राती आफ्नो सोसल मिडिया अकाउन्टमा फोटो शेयर गर्दै छोरीलाई जन्मदिनको शुभकामना दिएका छन।

अन्य सम्बन्धित समाचार:  शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी' प्रदर्शनमा