प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुग्योः प्रकाशमान सिंह



काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको बताएका छन। काठमाण्डौं क्षेत्र नंबर १ मा शनीबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्रीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको टिप्पणी गरे।

सरकारको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्या्दित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशको प्रसंगमा नेता सिंहले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा सरकारको तीव्र आलोचना गरेका नेता सिंहले वर्तमान सरकारले सुशासन दिन नसकेको, बिकास बजेट खर्च गर्न नसकेको र संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाए । दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत नपाउने उनले ठोकुवा गरे ।
२०७७ असार १८ गते, बिहीबार

अन्य सम्बन्धित समाचार:  नागरिकता विधेयकलाई लिएर प्रदेश २ मा विरोध प्रदर्शन