पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने



एजेन्सी
पपुवा न्यूगिनीमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।
भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो