शेयर बजार दोहोरो अङ्कले वृद्धि

Prabhu Bank

काठमाडौं ।

Saftey Pads

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४ दशमलब १२ बिन्दुले बढेर एक हजार ३१५ दशमलब ४५ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १ दशमलब ५ बिन्दुले बढेर २७९ दशमलब ७४ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज ‘मंगलवार’ कूल १ सय ७० कम्पनीको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७ सय २९ मूल्यमा कारोवार भयो ।

कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ० दशमलब १७ बिन्दुले घटेको छ ।

अन्य सम्बन्धित समाचार:  अब दुई सहकारीमा सदस्य बन्न नपाइने

बैंकिङ १४ दशमलब १४, होटल १७ दशमलब ५७, विकास बैंक ११ दशमलब ६०, जलविद्युत् २ दशमलब ५९, वित्त २ दशमलब ६९, निर्जीवन बीमा १४५ दशमलब ८४, उत्पादन ८४ दशमलब ७१, अन्य ० दशमलब ०८, लघुवित्त ९ दशमलब ५०, जीवन बीमा ४३ दशमलब ०८ र सामूहिक कोष ० दशमलब ०९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३ सय १३ का दरले १० करोड ७९ लाख ८५ हजार ६ सय ४४, शिवम् सिमेन्ट प्रतिकित्ता ५ सय ४६ का दरले आठ करोड ४१ लाख ३६ हजार ७ सय, कृषि विकास बैंकको प्रतिकित्ता ४ सय १६ का दरले सात करोड ८६ लाख ९८ हजार ६ सय ६, एनसिसी बैंकको पाँच करोड ५२ लाख २५ हजार ५ सय ५६, प्राइम बैंकको चार करोड ८२ लाख १८ हजार २ सय ७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको तीन करोड १६ लाख ११ हजार ९ सय १० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा व्यवसायिक रुपमा बट्टाई चरा पालन
Maruti Cement