५ सय ९० रोपनी सरकारी जग्गा मालपोत अधिकृतका परिवारको नाममा

Prabhu Bank

Sagoon

जुम्ला ।
जुम्लाको गोठीचौरको ५ सय ९० रोपनि सरकारी जग्गा जुम्लाका मालपोत अधिकृतका परिवारको नाममा रहेको खुलेको छ । जुम्लाको गुठिचौर गाउँपालिका ४ बाउलीगाउँका मातपोल अधिकृत गोविन्दप्रसाद न्यौपानेले सो सरकारी जग्गा श्रीमती, छोरी र परिवारका अन्य सदस्यको नाममा पास गराएको पाइएको हो ।

Saftey Pads

हाल सेवाबाट अवकाश लिईसकेका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्ग्मिटर अर्थात ५ सय ९० रोपनी सरकारी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

अन्य सम्बन्धित समाचार:  फरक समूहकाे रगतले सुत्केरीकाे मृत्यु प्रकरणमा अस्पताल र परिवारबीच मिलापत्र
Maruti Cement