अमेरिका, चीन र रुसलाई टक्कर दिन युरोपले आँफुलाई बलियो पार्नुपर्छः एन्जेला मर्केल

Prabhu Bank

Sagoon

एजेन्सी– विश्वका तीन शक्ति राष्ट्र चीन, रुस र अमेरिकाको चुनौती सामु अडिग रहन युरोपले आफूलाई बलियो पार्नुपर्ने जर्मन चान्सलर एन्जेला मर्केलले बताएकी छिन् । एन्गेला मर्केल जर्मन चान्सलरको रुपमा अन्तिम पटक युरोपेली निर्वाचमा सहभागी हुँदैछिन् । उनको चौथो कार्यकाल सन् २०२१ मा सकिँदैंछ ।
युरोपेली निर्वाचनमा अहिले रुसको हस्तक्षेप, चीनको आर्थिक जालो र डिजिटल सेवामाथि अमेरिकी एकाधिकारजस्ता विषय चर्चामा छन् । यिनै विषयतर्फ संकेत गर्दै मर्केलले यी चुनौती विरुद्ध लड्न युरोप एकिकृत रुपमा उभिनुपर्ने बताइन् ।

Saftey Pads

बर्लिनको आफ्नो कार्यालयमा दिइएको अन्तरवार्तामा मर्केलले भनेकी छिन् ,‘विश्व बदलिरहेको छ । दोस्रो विश्वयुद्धपछि सुनिश्चित ठानिएका धेरै सन्दर्भ अब बदलिए । ’ ‘तिनले (अमेरिका, चीन र रुस) पटक–पटक हामीलाई साझा आधार खोज्न बाध्य पारेका छन् । हामी बीचमा रहेको फरक चाखको कारण त्यो सँधैं सम्झव हुन पनि सक्दैन,’ मर्केलले भनिन् ।

अन्य सम्बन्धित समाचार:  पाकिस्तान विरुद्धको पहिलो टेस्ट इंग्ल्याण्डको पोल्टामा

अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको सन् २०१८ को तथ्याङ्क अनुसार युरोपेली संघलाई एउटा राष्ट्र मान्ने हो भने उसको कुल ग्राहस्थ उत्पादन अमेरिकापछि दोस्रो स्थानमा छ । तर यति ठूलो अर्थतन्त्र भए पनि युरोपेली संघको राजनीतिक बल विश्व मञ्चमा तेस्रो स्थानको चीन र ११ औं स्थानको रुसभन्दा निक्कै कमजोर मानिन्छ ।

 

Maruti Cement