एनएमबी बैंकको सेयर कारोबार रोक्का

काठमाडौं।
एनएमबी बैंकले आफ्नो सेयर कारोबार रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ। । ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि एनएमबीले आफ्नो सेयर कारोबार रोक्का राखिदिन पत्र पठाएको हो।
बैंकले पुन आफुले अनुरोध नगरेसम्म सेयर कारोबार नखुलाउन भनेको छ ।
जेठ २ गते एनएमबी र ओम डेभलपमेन्टले मर्जर गर्ने सहमति गरेका हुन् । मर्जर पछि पनि बैंकको नाम एनएमबी नै रहनेछ ।
हाल एनएमबीको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने ओम डेभलपमेन्टको २ अर्ब ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । मर्जर प्रक्रिया शुरु भएपछि मात्रसेयर कारोबार खुला रहनेछ ।

तपाईंको प्रतिक्रिया/टिप्पणी