एसईईको नतिजा असार दोस्रो साता सार्वजनिक हुने



काठमाण्डौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको परिक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको हो । गएको वर्ष असार ९ गते नतिजा प्रकाशित भएका थियो । यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभावले नतिजा प्रकाशनमा केही दिन ढिला भएको बोर्डले जनाएको छ ।

देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । ढिलोमा असार दोस्रो साता सम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको उनले बताएका छन् ।
यस वर्ष गएको चैत १० गतेबाट शुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ ।

अन्य सम्बन्धित समाचार:  अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो