गर्मी अत्यधिक बढेपछि धनुषाका विद्यालय बन्द



काठमाण्डौ । गर्मी अत्यधिक बढेपछि धनुषाका विद्यालयहरु ५ दिनका लागि बन्द गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै असार दुईदेखि ६ गतेसम्मका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

जनकपुरधाम उप–महानगरपालिकाले पनि विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको छ । उप–महानगरपालिकाले विद्यालयलाई निर्णय कार्यान्वयन गर्न र गराउन अपिल गरेको छ । दुई हप्ता देखी तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको छ ।

अन्य सम्बन्धित समाचार:  सडकमा धान रोप्दै हरिसिद्धिका स्थानीय (फोटो फिचर)