पार्टी एकीकरणका सहमति अनुसार नै पार्टी सञ्चालन हुनुपर्छः दाहाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सहमतिअनुसार नै पार्टी सञ्चालन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालल पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा सत्ता हस्तान्तरणका विषयमा भएको सहमतितर्फ संकेत गर्दै दाहालले सहमतिहरु इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताए । उनले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताए ।

अन्य सम्बन्धित समाचार:  साउदीमा अवैधानिक रुपमा रहेका थप ३९ जना नेपालीले पाए बहिर्गमन भिसा