नेकपा क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी



काठमाण्डौ । नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिए ।

गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनसन बसिरहेका छन् ।

अन्य सम्बन्धित समाचार:  नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने