अध्यक्ष ढकालद्धारा प्रधानमन्त्रीसँग सांसद पद माग



काठमाण्डौ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफुलाई राष्ट्रियसभा सदस्य बनाईदिन प्रधानमन्त्रीसँग माग गरेका छन् । भर्खरै यूरोपको साताव्यापी भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर ढकालले आफुलाई सांसद बनाईदिन माग गरेका हुन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन अगाडी परिवार दल तत्कालीन नेकपा एमालेसँग तीन बूँदे सहमतिमा पार्टीमा विलय भएको थियो । त्यत्तिबेला एमालेसँग संघीय संसदमा परिवार दललाई प्रतिनिधित्व गराउने सहमति भएको भन्दै ढकालले सांसद पदको माग गरेका हुन् ।

निर्वाचन अगाडीको सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको अध्यक्ष ढकालले बताए । ‘यस विषयमा नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ’ ढकाललको निजी सविच जितेद्र श्रेष्ठले भने । ०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ढकाल शान्ति तथा पुनर्निमाणमन्त्री बनेका थिए ।

अन्य सम्बन्धित समाचार:  नेकपाका दुई अध्यक्ष बीचको भेट सकियो