सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको छः महामन्त्री कोइराला

Prabhu Bank

काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै महामन्त्री कोइरालाले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताएका हुन् ।

Saftey Pads

उनले सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए । जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने कोइरालाले बताए । उनले ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए । शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको कोइरालाको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  कोरोनाबाट जनताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य: प्रम (पूर्णपाठ सहित)
Maruti Cement