महानगरीय प्रहरी वृत्तमा सीसी क्यामरा जडान

Prabhu Bank

काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले सीसी क्यामरा जडान गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको हो । समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको छ ।

Saftey Pads

वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक सहायतामा राखिएको क्यामराको सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरे ।

सीसी क्यामरा जडानपछि समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने खरेलले बताए । कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानूनी दायरामा आएको समेत उनले उल्लेख गरे ।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच
Maruti Cement