बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

Prabhu Bank

काठमाडौं । बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

Saftey Pads

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको हो । जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रहरीले बताए । जीप दुर्घटना कारण खुल्न सकेको छैन् ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली गएको छ। गएको छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेको प्रहरीको भनाई छ ।

Maruti Cement