केरुङ–काठमाडौं रेलमार्गको डीपिआरको छलफल चीनमा हुँदै



काठमाडौं । केरुङ–काठमाडौं परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को लागि नेपाली टोली चीन गएको छ । बेड एन्ड रोड ईनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीको नेतृत्वमा नेपाली टोली चीन गएको हो ।

चीनको बीआरआईको महत्वपूर्ण हिस्साको रुपमा हेरिएकोे केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि दुई देशबीच समाझदारी भईसकेको छ । आफ्नै खर्चमा मार्गका प्रारम्भिक अध्ययन गरिसकेको चीनले यसको पूर्वसम्भाव्यताको रिपोर्ट पनि नेपाललाइ बुझाईसकेको छ ।

भौतिक तथा पूर्वाधार मन्त्रलायका अनुसार सम्भाव्यता सकेर विस्तृत परियोजनाको रिपोर्ट बनाउन मात्रै १.७ अर्व लाग्नेछ । यो रकम नेपाल र चीनबीच कुन देशले खर्चिने भन्ने भने पक्का भईसकेको छैन । पूर्वसम्भाव्यता अनुसार मार्गको कूल लागत २ खर्व ५७ अर्व हुन जानछ । अहिलेसम्म लगानीबारे दुवै देशबीच छलफल भएको छैन ।

अन्य सम्बन्धित समाचार:  उपचारका क्रममा सांसद छन्त्यालको निधन

यद्यपी गत वर्ष चीन भ्रमणको समयमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो परियोजनामा चीनले पूर्णरुपमा अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर, चीन भने ऋण लगानीको पक्षमा छ । यो पटक दुवै पक्षले यो सहमतिको रोड म्याप प्रस्तु गर्नेछन् ।नेपाल र चीनबीच गत ८ चैत्र ०७२ मा चीनसँग व्यापार पारवहनसम्बन्धी महत्वपूर्ण साझेदारी भएको थियो ।