“मिस टिन कलेज र कलेज हेन्डसम नेपाल २०१९” को लागि आवेदन फारम खुल्ला



काठमाडौं । “मिस टिन कलेज र कलेज हेन्डसम नेपाल २०१९” को लागि आवेदन फारम खुल्ला गरिएको छ । ११ वर्ष देखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस टिनकलेज २०१९’ को सातौँ संस्करण र कलेज हेन्डसम नेपाल द्रोस्रो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको हो।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ देखी २० वर्ष सम्मको छात्राहरु र १६ देखि २३ वर्ष सम्मका छात्रहरुलाई मध्यनजर गर्दै मिस टिन कलेज २०१९ र कलेज हेन्डसम नेपालको आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज पन्तले बताए ।