वन तथा वातावरण मन्त्रालयद्धारा बृहत् वृक्षरोपणको तयारी

Prabhu Bank

काठमाण्डौ । वन तथा वातावरण मन्त्रालयले बृहत् वृक्षरोपणको तयारी थालेको छ । सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन वृक्षरोपणको तयारी थालेका हो । मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न तयारी थालेको हो ।

Saftey Pads

असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए । सङ्घीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेकाले त्यसको पूर्वतयारीका लागि वृक्षरोपण गर्न लागिएको विभागले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  दसैँमा पनि हुन पाएन थारु समुदायको सखिया नाच
Maruti Cement