श्रीमानद्धारा श्रीमतीको हत्या

Prabhu Bank

काठमाण्डौ । डोटीको दिपायलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दिपायल सिलगढी नगरपालिका (३ दिपायल माझि टोल बस्ने ४८ वर्षका कृष्ण नेपालीले कैँचीले घोंचेर आफ्नै श्रीमतीको हत्या गरेका हुन् । ३५ वर्षीया श्रीमती मिना नेपालीलाई कैँचीले बायाँ कोखा र ढाडमा घोंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

Saftey Pads

मदिरा सेवन गरेका कृष्णले सोमबार राती श्रीमती माथि आक्रमण गरेका थिए । शरिरमा कैँची धसेर गम्भीर घाइते भएकी मिनाको उपचारका लागि प्रदेश प्रहरी अस्पताल दिपायलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान कृष्णलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’
Maruti Cement