उडान नहुँदा लुक्लामा यात्रु अलपत्र



काठमाण्डौ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा उडान ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । बिहानैदेखि बाक्लो हुस्सु र वर्षाका कारण शुक्रबारदेखि उडान हुन नसक्दा यात्रु अलपत्र परेका हुन् । सोमबार सात वटा उडान तालिका भए पनि सम्पूर्ण उडान रद्ध भएको विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । उडान प्रभावित हुँदा करिब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै अलपत्र परेको उनले बताए ।

गएको बिहीबार ७ ओटा उडान मध्ये ३ वटा मात्रै विमान उडान भएपछि मंगलबारसम्म कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ आएका छन् ।

अन्य सम्बन्धित समाचार:  उपचारका क्रममा सांसद छन्त्यालको निधन