गुठी विधेयकमा प्रधानमन्त्री जनताको पक्षमा

Prabhu Bank

काठमाडौं

Saftey Pads

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकको विषयमा आफु जनताको पक्षमा रहेको आश्वासन दिएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले ‘गुठी विधेयक–२०७५’माथि आफुले निर्णय लिने बताएका हुन् ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा करिब २ घण्टा लामो जनप्रतिनिधिहरुसँगको छलफलपछि प्रधानमन्त्री ओलीले गुठी विधेयकमा आफु जनताको पक्षमा रहेको आश्वासन दिएका हुन् ।

हामीबीचमा पनि छलफल भएको छ, थप छलफल गर्छौँ र क्याबिनेटमा पनि छलफल हुनेछ । ‘जनताको पक्षमा निर्णय गर्छु ’ प्रधानमन्त्रीको भनाईलाई उद्धत गर्दै बैठकमा सहभागी एक सांसदले बताए ।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा
Maruti Cement