समता अस्पतालमा कार्यरत कर्मचारी झुण्डिएको अवस्थामा फेला



काठमाडौं । बौद्ध स्थित समता अस्पतालमा कार्यरत कर्मचारी अस्पतालमै झुण्डिएको अवस्थामा फेला परेकी छन् । अस्पतालमा सरसफाइको काम गर्दै आएकी विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त बौद्धका डिएस्पी नरेन्द्र चन्दले बताए ।

अस्पतालमा अहिले विमलाका आफन्तले नाराबाजी गरेका छन् । आफन्तले अस्पतालमा तोडफोड गर्न सक्ने भएकाले प्रहरीले सुरक्षाव्यवस्था कडा पारेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको डिएस्पी चन्दले बताए ।

अन्य सम्बन्धित समाचार:  निजी सवारीले भाडाका यात्रु बोकेको व्यवसायीको आरोप, सरकारलाई ज्ञापन