मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झपड, एक प्रहरी जवान घाइते

Prabhu Bank

काठमाण्डौ । सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झपडमा परी एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान सुरेन्द्र महत रहेका छन् । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

Saftey Pads

विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठमाडौंको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशनल कलेजको विज्ञापन गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरुले कार्यक्रमस्थलमै नाराबाजी र ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।निजी कलेजको विज्ञापन गरिएका टि–सर्ट बहिष्कार गर्नुपर्ने भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रेपछि नियन्त्रणका लागि प्रहरी परिचालन गर्दा झडप भएको हो । प्रहरीले अहिले केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ भने विद्यार्थीहरुले कलेजको विज्ञापन गरिएका दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छन् । कार्यक्रम स्थलमा आफ्नै विद्यार्थीलाई प्रवेश निधेष भएपछि विश्वविद्यालयले आफ्ना विद्यार्थी्बिना नै वार्षिक उत्सवको कार्यक्रम मनाइरहेको छ ।

अन्य सम्बन्धित समाचार:  जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
Maruti Cement