प्रधानमन्त्रीले बोल्न खोज्दा संसदमा कांग्रेसको अवरोध

Prabhu Bank

काठमाण्डौ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर अबरोध गरेका हुन् । सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिएको भन्दै उनीहरुले रोष्टम घेराउ गरेका छन् ।

Saftey Pads

सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरेका छन् । युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारले संसद्मा पेश गरेको गुठीसम्बन्धी विधेयकसँगै आफ्नो युरोप भ्रमणबारे जानकारी गराउने कार्यसूची थियो । संसद्को अर्को बैठक भोलि बस्नेछ ।

अन्य सम्बन्धित समाचार:  कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
Maruti Cement