सात तले दरबारको पुनर्निर्माण सुरु

Prabhu Bank

काठमाण्डौं । नुवाकोटको सात तले दरबारको पुनर्निर्माण सुरु भएको छ । २०७२ सालमा गएको विनासकारी भूकम्पले क्षति र्पुयाएको नेपाल एकीकरणको जीवित इतिहास बोकेको दरबारलाई चिनियाँ टोलीले पुनर्निर्माण सुरु गरेको हो । १८०१ सालमा पृथ्वीनारायण शाहले दोस्रो पटकको आक्रमणमा नुवाकोटमाथि विजय प्राप्त गरेपछि १८१९ सालमा ललितपुरबाट कालिगढ झिकाइ सात तले दरबार बनाएका थिए ।

Saftey Pads

भूकम्पले क्षति र्पुयाएको दरबारलाई फलामे पोलको टेको लगाएर अड्याइएको थियो । पुरातत्व विभागअन्तर्गत रहेर चीन सरकारले दरबारको पुनःनिर्माण सुरु गरेको हो । भूकम्पले जीर्ण बनेको दरबारलाई पहिलाकै स्वरुपमा ल्याउने गरी पुनःनिर्माण सुरु भएको स्मारक हेरचाह तथा दरबार संरक्षण कार्यालय नुवाकोटका प्रमुख अर्जुनप्रसाद फुयालले बताए ।

अन्य सम्बन्धित समाचार:  मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु

चीनसँगसम्झौता भएको २ वर्षपछि मात्रै पुनर्निर्माणको काम सुरु भएको हो । आगामी चार वर्ष्भित्र पुनर्निर्माण सम्पनन गर्ने लक्ष्य राखिएको पुरातत्व विभागले जनाएको छ । पुरातत्व विभागका अनुसार दरबार र आसपासमा रहेका सबै सम्पदाको पुनर्निर्माण गर्न लाग्ने रकम चीन सरकारले बेहोर्ने छ ।

Maruti Cement