नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजविरुद्ध नेविसंघद्वारा प्रदर्शन

Prabhu Bank

काठमाण्डौं । नेपाल विद्यार्थी संघले नियमविपरित विद्यार्थी भर्ना गर्ने कलेजलाई कारबाहीको माग राख्दै आन्दोलन गरेको छ । बानेश्वरस्थित यूनिग्लोबल कलेजअगाडि मंगलबार संघले विश्वविद्यालयको वेतिथीविरुद्ध आन्दोलन गरेको हो । पोखरा विश्वविद्यालयअन्तरगतका ४२ कलेजले नियमविपरित विद्यार्थी भर्ना गरेकोले आन्दोलन गर्नुपरेको नेविसंघका नेता मनिष सिंखडाले बताए ।

Saftey Pads

संघका अनुसार कक्षा ११ र १२ मा छुट्टाछुट्टै विषयमा ग्रेड ‘सी’ सम्म ल्याउने विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने नियमविपरित ४२ कलेजले ‘डी प्लस’ ल्याउनेलाई भर्ना गरेको थियो । आन्दोलनमा संघले विभिन्न व्यंग्यात्मक गीत गाउनुका साथै प्ले कार्डसहित प्रदर्शन गरेका थिए । दोषी कलेजलाई कारबाही नहुन्जेल आन्दोल जारी रहने नेता सिंखडाले बताए । ४२ वटै कलेज अगाडि प्रदर्शन गर्ने र अन्त्यमा पोखरा विश्वविद्यालयमा गएर आन्दोलन गर्ने सिंखडाले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement