खेतमा भेटियो एसएलआरको गोली

Prabhu Bank

Sagoon

काठमाडौं । उदयपुरको चौदण्डीगढी–६, खोला टोलमा वेवारिशे अवस्थामा ९ राउण्ड गोली भेटिएको छ । गएराति पेस्तोलको ७ र एसएलआरको २ राउण्ड गोली भेटिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार, खेतमा शंकास्पद वस्तु रहेको खबर प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय, बेल्टारबाट खटिएको प्रहरीले गोली बरामद गरेको हो ।

Saftey Pads

गोली कसले, किन र कुन प्रायोजनका लागि राखेको थियो भन्ने बारे अनुसन्धान भइरहेको जनाइएको छ । पूर्व पहाडी जिल्लाको ग्रामिण भेगमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले गतिविधि बढाएको सूचना प्रहरीसँग छ । त्यसक्रममा उदयपुरका विकट इलाकामा पनि प्रहरीले विशेष निगरानी बढाएको छ ।

अन्य सम्बन्धित समाचार:  भदाै १ देखि सीमित ठाउँमा आन्तरिक उडान: ट्रंक रुटमा तत्काल नखोलिने
Maruti Cement