विपक्षीलाई प्राथमिकता दिनु पर्छः देउवा



काठमाण्डौ । नेपालि कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले बोली सकेपछि आफु बोल्नुको कुनै तूक नहुने भन्दै देउवाले सदनमा जहिले पनि विपक्षीले पहिले बोल्नु पर्ने बताएका हुन् ।
सभापति देउवाले संसद सरकार र प्रतिपक्षीबीचको गलफतीले सदन नै स्थगित भएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्रीले बोल्ने नभई प्रतिपक्षीलगायतले उठाएका विषयको जवाफ दिने तर्क गरे ।

संसदको बैठकमा पहिले कस्ले बोल्ने भन्ने गलफतीका कारण मंगलबारको संसद बैठक नै रोकिएको छ । प्रधानमन्त्री र प्रतिपक्षी दलको नेता मध्ये संसदको बैठकमा पहिले कस्ले बोल्ने भन्ने गलफतीमा संसद बैठक नै रोकिएपछि दुबै पक्षले आफु सही भएको तर्क गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  नेकपाभित्र शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताको पक्षमा