यस घटनाबाट म दुःखी भएको छुः प्रधानमन्त्री

Prabhu Bank

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा आफूले सम्बोधन गर्न नपाउँदा दुःख लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले बैठक स्थगित भएपछि ट्वीट गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण आफूले हालैको युरोप भ्रमण र गुठी विधेयकलगायतका समसामयिक विषयहरुमा रहेको जनचासोका सन्दर्भमा सदनलाई जानकारी गराउन नपाएको जिकिर गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘यस घटनाबाट म दुःखी भएको छु ।’

Saftey Pads

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने तयारी गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका हुन् । प्रतिपक्षी दलका नेतालाई पहिला बोल्न समय दिनुपर्ने उनीहरुको माग थियो ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement