१६ वर्षमै विहे गर्न पाउनुपर्ने भन्दै प्रशासन कार्यालय घेराउ

Prabhu Bank

काठमाडौं

Saftey Pads

बाँकेमा वालविवाहविरुद्ध सरकारी तथा गैर–सरकारी संस्थाहरु सचेतनामुलक अभियानमा व्यस्त रहँदा मधेसी समूदायका केही महिला भने १६ वर्षमै विवाह गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका छन् ।

बाँके जानकी गाउँपालिकाका रामदेश मिश्रको नेतृत्वका केही मधेसी महिलाले जिल्ला प्रशासन कार्यायलमा धर्ना दिएका हुन् ।

२० वर्ष पूरा गरेका छोराछोरीको विहे गर्न खर्चले नधान्ने भएकाले कानुन नै संशोधन गर्न समेत माग गरिएको मिश्रको भनाई छ ।

‘उनीहरु आएका थिए, तर हामीले यो संविधानसम्मत भएन भनेर पठाएका छौं ।’ गाउँपालिका अध्यक्ष राम निवास यावदले नेपाली पत्रिकासँग भने ।

मुलुकी अपराध संहिता २०७० मा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था छ ।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement