खोटाङमा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट उत्पादनको काम सुरु

Prabhu Bank

काठमाडौं

Saftey Pads

खोटाङको दिक्तेल मझुवागढी नगरपालिकामा कम्पोष्ट मल र वायोग्याँस प्लान्ट उत्पादन कामको थालनी भएको छ ।

अर्गानिक नगर बनाउने अभियानलाई सार्थक बनाउन सरकारले स्थानीय सरकारलाई दिने विशेष अनुदान वापतको ३ करोड ३२ लाखको लागतमा सो कामको थालनी गरिएको हो ।

नगरपालिकाको विभिन्न स्थानहरुबाट संकलित सड्ने तथा गल्ने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने र मानवमुत्रको प्रयोगबाट सीएनजी(वायोग्याँस) उत्पादको काम सुरुवात गरिएको हो ।

कम्पोष्ट मल र वायोग्याँस प्लान्टका लागि आवश्यक ट्रस भवनको सिल्यानास आईतबार गरिएको छ ।

सिल्यानास नगरपालिकाका प्रमुख दीपनारायण रिजालले गरेका हुन् ।

अन्य सम्बन्धित समाचार:  तलेजुमा बलिरहित पूजाः लगिएन दसैँघर
Maruti Cement