नदीमा खसेको जीपमा उपाध्यक्षसहित जनप्रतिनिधि सवार, खोज–उद्धारमा कठिनाइ

Prabhu Bank

काठमाडौं । हुम्लामा दुर्घटना भएर कर्णाली नदीमा खसेको जीपमा गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि सवार रहेको जनाइएको छ । खार्पुनाथ गाउँपालिकाको बैठक बस्न उपाध्यक्ष सिन्धु हमाल शाहीसहित स्थानीय जनप्रतिनिधि जीपबाट गाउँपालिका केन्द्रतिर आउदै गर्दा दुर्घटना भएको हो ।

Saftey Pads

नदीमा खसेको जीप बेपत्ता भएकाले विस्तृत विवरण आउन सकेको छैन । बेपत्ता यात्रुको खोज–उद्धारमा आएको नेपाली सेनाको टोलीले नदीमा खोजतलास गरेपनि सफल हुन नसकेको जनाइएको छ । सेनाले खोज–उद्धार गर्न नसक्ने भएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत गोताखोर ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर शाहीले बताए ।

जिल्लाको खार्पुनाथा गाउँपालिका–५ बाट याक्चु कुना जाँदै गरेको लु१ज ७१६६ नम्बरको महेन्द्रा पीकअप जीप बेणुबिसौना र कैलेबालु क्षेत्रमा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खसेको केही समयपछि पूरै छोपिएकाले खोज–उद्धारमा कठिनाइ भइरहेको घटनास्थलबाट प्रहरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबारे यी ३ तथ्य आत्मसात गरौँ: डा. रविन्द्र पाण्डे
Maruti Cement