सत्तापक्ष प्रतिपक्ष दुवैको गैर–जिम्मेवार व्यवहारः अध्यक्ष भट्टराई



काठमाडौं

समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री बाबुराम भट्टराईले जनताको अभिमतको दुरुपयोग भएको बताएका
छन् ।

आजको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

साथै उनले सत्तापक्ष र प्रतिपक्ष दुवैको गैर–जिम्मेवार व्यवहार भएका बताएका छन् ।

‘म गैर–जिम्मेवार व्यवहार ठान्छु, सत्तापक्ष प्रतिपक्ष दुवैको । कसले अगाडी कसले पछाडी बोल्ने भनेर विवाद गर्नु जनताको अभिमतको दुरुपयोग गर्नु हो ।’ उनले भने ।

अन्य सम्बन्धित समाचार:  दुई पाइलटले चलाएको जहाज अवतरण होला या दुर्घटना ?