लामिडाँडा बिमानस्थल संचालन, पक्की रनवेमा जहाज अवतरण

Prabhu Bank

Sagoon

काठमाण्डौ । खोटाङको लामिडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको छ । साढे दुई वर्षअगाडि शुरु भएको स्तरोन्नती योजनाअनुसार धावनमार्ग तथा एप्रोन एरिया पीच गरिएको हो । स्तरोन्नती सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको छ ।

Saftey Pads

प्राधिकरणका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुख विनायक भट्टराईका अनुसार ६ करोड ३४ लाख रुपैयाँ लगानीमा लामीडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको हो । अब विमानस्थल जुनसुकै मौसममा पनि सुरक्षित रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ । लामिडाँडा एयरपोर्ट यस भेगमा लुक्ला पछिकै व्यस्त विमानस्थल मानिन्छ ।

काठमाडौंबाट लुक्ला उडेका जहाज प्राविधिक कारणले लुक्ला पुग्न सकेन भने लामीडाँडा ट्रान्जिट बस्छन् । त्यसकारण पनि यो विमानस्थल रणनीतिक महत्वको मानिन्छ । समुन्द्री सतहबाट १२३० मिटर उचाईमा रहेको लामिडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  भदाै १ देखि सीमित ठाउँमा आन्तरिक उडान: ट्रंक रुटमा तत्काल नखोलिने

नियमित चल्ने वातावरण बनाउँछुः भट्टराई
रावाबेसी गाउँपालिकामा पर्ने यो विमानस्थललाई अब नियमित सञ्चालनको वातावरण बनाउने प्रतिवद्धता खोटाङका सांसद विशाल भट्टराईले गरे । मंगलबार विमानस्थल स्तरोन्नतीपछि पहिलो उडानका क्रममा काठमाडौंबाट पुगेका प्राविधिक तथा जहाजका कर्मचारीलाई स्वागत गर्दै भट्टराईले अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकोप्टर मगाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।

खोटाङमा लामीडाँडासँगै खानीडाँडा र थामखर्कमा पनि विमानस्थल छ । थामखर्क विमानस्थलको २९ माघमा तत्कालिन पर्यटनमन्त्री स्वं रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । खानीडाँडा विमानस्थल स्तरोन्नतीको क्रममा छ ।

Maruti Cement