पौडी खेल्ने क्रममा ३ युवाको मृत्यु



काठमाण्डौ । पौडी खेल्न गएका ३ जना युवाको डुबेर मृत्यु भएको छ । कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा ६ का १८ बर्षका आशिक भट्टराई, सोही स्थानका १७ बर्षिय निरन्जन भुषाल र १७ बर्षीय सुमित सुनार रहेका छन् । जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  उपचारका क्रममा सांसद छन्त्यालको निधन