श्रमिकले माफी नमागेसम्म होटल खुल्दैनः हायात व्यवस्थापन



काठमाडौं । आन्दोलनरत कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने हायात होटल व्यवस्थापनले अडान लिएको छ । कर्मचारीले भने होटल व्यवस्थापनबाट आफूहरुमाथि गैरमानवीय व्यवहार भएको आरोप लगाएका छन् ।
सेवा सुबिधा कटौती गरिएको बिरोधमा कर्मचारीले ६ दिनदेखि आन्दोलन थालेका थिए । यसले होटलको सम्पूर्ण सेवा बन्द भएको छ । होटलका पाहुनाहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।

होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले व्यवस्थापनलाई जानकारी नदिइ काममा नआएका कर्मचारीलाई स्पष्टीकरणमार्फत सचेत गराउन खोज्दा मजदुर संठगनले हस्तक्षेप गरेर आन्दोलन चर्काएको आरोप लगाए । यता आन्दोलनरत श्रमिकहरुका नेताले भने होटल व्यवस्थापनले नेपाली कर्मचारीलाई निकालेर भारतीय भर्ति गर्ने षडयन्त्र रचेको बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  सडकमा धान रोप्दै हरिसिद्धिका स्थानीय (फोटो फिचर)

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघ हायात होटलका अध्यक्ष मुक्ति दाहालले नेपाली कामदारहरु होटलबाट निकाल्नकै लागि सुविधा कटौति गरिएको बताए । व्यवस्थापनले श्रमिकको बिमा, सञ्चित बिदा, बिरामी बिदा बापतको रकम, तथा तालिमका अवसरहरु कटौती गरेपछि आन्दोलन थालिएको उनको भनाइ छ ।

अध्यक्ष दाहालका अनुसार श्रमिकको आवास कोषमा जम्मा भएको ५ करोड रुपैयाँ समेत होटल व्यवस्थापनले अपचलन गरेको छ । नेपाली श्रमिकलाई निरुत्साहित गर्न खाना, पानी र पोशाक सुबिधासमेत कटौती गरिएको श्रमिकहरुको गुनासो छ । होटलमा कार्यरत करिब ५ सय कर्मचारीमा आधी भन्दा बढी आन्दोलनमा नरहे पनि शेयर धनी डुबाउन होटल बन्द गरिएको भन्दै आन्दोलनकारीले यथार्थ छनबिन गर्न सरकारसँग माग गरे ।

अन्य सम्बन्धित समाचार:  पूर्वराजा ज्ञानेन्द्र शाह ७४ औं जन्मदिवस मनाउदैं