प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसको आपत्ति

Prabhu Bank

Sagoon

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा पत्रकास सम्मेलन गरि दिएको अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

Saftey Pads

गुठी विधेयक विरुद्धको जनताको आन्दोनलनलाई प्रधानमन्त्रीले लोकतन्त्र र विकास विरोधी भन्नु कांग्रेसले आपत्तिजनक मानेको छ ।

‘हिजो निर्वाचनमा मत दिईरहँदा ती नै व्यक्तिहरु ‘महान’ आज ती नै व्यक्तिहरु ‘विरोधी’? कसरी भए? कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकार बहुमतको तथा संसद प्रतिपक्षको भन्ने मान्यतालाई सभामुखबाट कार्यान्वयन हुन नसकेको भन्दै कांग्रेसले प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाईसकेको अयोग्यताको परिणाममा संसदको मंगलबारको घटनालाई मानेको छ ।

त्यसैगरि मिडियो काउन्सिल, गुठी, सूचना प्रविधि तथा अन्य सबै विधेयकहरु अधिनायकवाद उन्मुख आकांक्षाका साथ अगाडी ल्याईएको कांग्रेसको ठहर्याएको छ ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’
Maruti Cement