चेन्नाईमा पानीको चरम् अभाव, रेष्टुँरादेखि रेलवे स्टेशनसम्म बन्द

Prabhu Bank

काठमाडौं
पानी भण्डारण गरिएका जलाशयहरु पूर्ण रुपमा सुकेपछि भारतको दक्षिणाी शहर चेन्नाईमा पानीको चरम् अभाव भएको छ ।

Saftey Pads

पानी अभावका कारण शहरका ठूला होटल तथा रेष्टुँराहरुसमेत बन्द भएका छन् । भारतको छैंठौं ठूलो शहर चेन्नाईमा पानीको हाहाकार हुँदा ठूलो संख्यामा त्यहाँ रहेका नागरिकहरुले सास्ती खेप्नु परेको छ ।

पानी जोगाउनको लागि रेलवे स्टेशनसमेत बन्द गरिएका छन् । पानीको अभावका कारण स्थानीयवासीहरुबीच झगडासमेत हुने गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

त्यहाँका अधिकारीहरु अहिले पानीको वैकल्पिक श्रोत खोज्नतिर लागेका छन् ।

‘यसभन्दा केही वर्ष पहिले पनि हामीले यस्तै अभाव झेलेका थियौं, तर त्यसबेला हामीलाई जमिनमुनिको पानीले बचाएको थियो ।’ एक सामाजिक अभियन्ताले भने ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोर विजयी
Maruti Cement