बैठक कक्षमै नगर प्रमुख र प्रशासकीय अधिकृतमाथि बोतल प्रहार

Prabhu Bank

Sagoon

काठमाडौं
मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत र प्रमुख प्रशासकीय अधिकृत टेक कुमार कुटिएका छन् ।

Saftey Pads

नगरपालिकाको सोमबार अपरान्ह बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूबाट उनीहरु कुटिएका हुन् ।

योजनाका विषयमा छलफल चलिरहेको अवस्थामा नगरप्रमुख र अधिकृतले विधिसम्मत योजना पास हुने र तिनीहरूको काम अघि बढ्ने बताएपछि बैठकका सदस्यले विधिविधानविपरीतका योजना पास हुनुपर्ने र बजेट पाउनुपर्ने कुरामा आवाज उठाउँदै नगरप्रमुख र अधिकृतमाथि बैठक कक्षमा उपलब्ध पानीका बोतल, प्लेटलगायत सामग्रीले प्रहार गरेका थिए ।

प्रहारबाट नगरप्रमुख बस्नेतको टाउकोमा गहिरो चोट लागेको छ । कार्यपालिकाका अन्य सदस्यले रोक्ने प्रयास गरेको नगरपालिकाका कर्मचारी राजन गुरागाईंले बताए ।

बैठकमा छलफल चलिरहँदा उत्तेजित अभिव्यक्ति दिँदै अपशब्द बोल्दै पालिका सदस्य उद्धव रम्तेल, वडा नं ५ का वडाध्यक्ष रामबहादुर कार्की र वडा नं १२ का वडाध्यक्ष कृष्णहरि अधिकारीले आफुहरुमाथि मुख छाड्दै विभिन्न सामग्री प्रहार गरेको नगरप्रमुख बस्नेतले बताए ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री नै पार्टी फुटाउन सक्रिय हुनुहुन्छ: केन्द्रीय सदस्य खड्का

घटनालगत्तै सोमबार साँझ नगरपालिकाले पत्रकार सम्मेलन गरी सो घटनाको जानकारी दिएको हो ।

Maruti Cement