अब गर्मी बढ्ने सम्भावना छैनः मौसमविद्

Prabhu Bank

Sagoon

काठमाण्डौ । मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब गर्मि बढ्ने सम्भावना नभएको मौसमविदहरुले बताएका छन् । गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको मौसमविदहरुले बताएका हुन् ।

Saftey Pads

पछिल्लो साता काठमाण्डौ उपत्यकासहित देशभरिको तापक्रम ह्वात्तै बढेको थियो । गएको शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो ।
मनसुनको संकेत देखा पर्न थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्ने र त्यसपछि मनसुन भित्रने भएकाले अब गर्मी बढ्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । नेपालतिर आउने मनसुनी प्रणाली बंगालको खाडी आसपासमै रोकिएपछि मनसुन भित्रिने बेलामा उखरमाउलो गर्मी बढेको हो । सामान्यतया जेठ अन्तिम साता (जुन १०) मा भित्रिने मनसुन अहिलेसम्म नेपाल प्रवेश गरेको छैन ।

अन्य सम्बन्धित समाचार:  काठमाडाैंमा ६२ सहित देशभर ३७८ कोरोना संक्रमित थपिए
Maruti Cement