माइक्रोफाइनान्समा कार्यरत युवतीको शव फेला

Prabhu Bank

काठमाण्डौ । पाचथरमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ । एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव फेला परेको हो ।  हिलिहाङ गाँउपालिका–६, साविक भारपा–१ मा हिलिहाङ–३, गोपेटारमा रहेको सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताए ।

Saftey Pads

वडाध्यक्ष यवाका अनुसार युवतीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटनास्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement