लोकसेवाको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा सर्वोच्च अदालतले आज निर्णय गर्ने



काठमाडौं । लोकसेवाको विज्ञापन रोक्ने वा नरोक्ने बारेमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । विज्ञापनमाथि सर्वोच्चमा रहेका ४ थान मुद्दा र अन्य निवेदनलाई समेत सहभागि गराएर न्यायाधीशद्धय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सुनुवाई गर्ने भएको हो ।

लोकसेवा आयाोगले ५ सय १५ स्थानीय तहका लागि भन्दै ९ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो। तर विज्ञापन समावेशी सिद्धान्तविपरित भएको भन्दै निवेदन परेपछि विज्ञापन नै अन्योलमा रहेको छ । विज्ञापनमाथि परेका ३ थान मुद्दा पहिलो सुनुवाई भईसकेका छन् । स्थानीय तहका कर्मचारीको (समावेशी सिद्धान्त पालना नभएको र संसदको राज्य व्यवस्था समितिविरुद्ध दायर भएको) निवेदनलाई स्थानीय तहमा कार्यरत रहेका कर्मचारीको निवेदनसँगै राख्दै सुनुवाई गर्ने आदेश मंगलबार जारी गरेको हो ।

अन्य सम्बन्धित समाचार:  ललितपुरको बुङ्मतीस्थित रातो मच्छेन्द्रनाथ मन्दिर पुनःनिर्माण शुरु