कर्णाली नदीमा हराइरहेकाको खोजी गर्न गोताखोरको टोली जाँदै

Prabhu Bank

काठमाण्डौ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा कर्णाली नदीमा जीप खसेर हराएकाहरुको अवस्था पत्ता लगाउनका लागि काठमाण्डौबाट गोताखोरको टोली घटनास्थलतर्फ गएको छ । मंगलबारदेखि नै दुर्घटनामा परेर हराएकाहरुको अवस्था थाहा हुन नसकेपछि अहिले गोताखोरको टोली घटनास्थलतर्फ गएको हो ।

Saftey Pads

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाण्डौबाट चितवनको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर हुम्लातर्फ गएको छ । टोलीले केहीबेरमा घटनास्थल पुगेर खोजी सुरु गर्ने भए पनि कति समय लाग्छ भन्ने एकिन नभएको हुम्ला प्रहरीले जनाएको छ ।

ठूला भिरपाखा, प्रविधिको पर्याप्त ब्यवस्था र गहिरो नदीका कारण खोजी कार्यमा समस्या भएको हो । मंगलबार खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता भएका छन् ।

अन्य सम्बन्धित समाचार:  पहिरोपीडितको व्यथा: त्रिपालभित्र जमरा राखेर दशैँ
Maruti Cement